गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

पुतलीबजार,स्याङ्जा,नेपाल

हाम्रो बारेमा

प्रदेश आयुर्वेद चिकित्सालय पुतलीबजार स्याङ्जाको परिचय

वि.स. २०५४ साल असार २७ गते स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको स्थापना भएको हो । स्याङ्जा जिल्ला  नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो  । यस जिल्लामा पुतलीबजार (वडा संख्या १४), भिरकोट (वडा संख्या ९), वालिङ(वडा संख्या १४), गल्याङ(वडा संख्या ११)  र चापाकोट (वडा संख्या १०) गरी ५ वटा नगरपालिका रहेका छन् । त्यसै गरि फेदीखोला(वडा संख्या ५),आँधिखोला(वडा संख्या ६) हरिनास (वडा संख्या ७), विरूवा(वडा संख्या ८), कालिगण्डकी (वडा संख्या ७) र अर्जुनचौपारी  (वडा संख्या ६)  गरी जम्मा ६ वटा गाउँपालिकाका  समेत गरी ११ वटा स्थानिय तह रहेको छ । जसमा  जम्मा ९७ वडाहरु रहेका छन । यस्तै गरी २ वटा संघीय संसदका निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेका छन्

                 यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको स्याङ्जा बजार हो। यो जिल्ला समुद्र सतहबाट न्यूनतम ३६६ मीटर (केलादी) देखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेक) सम्म उचाइमा रहेको छ। यस जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की र दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सीमाना छुट्याएको छ। 

                जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ। मुग्लिङ नारायणगढ सडक निर्माण नहुंदै सुनौली-पाल्पा-स्याङ्जा-पोखरा-काठमाडौसम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मी. पक्की सिद्धार्थ लोकमार्ग भित्र यातायात सञ्चालन हुदै  आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्लाभित्र पर्दछ।

               देशको प्राकृतिक स्रोतलाई अधिकाधिक परिचालन गरी जनतालाई उपचारात्मक र प्रबर्द्धनात्मक, प्रभावकारी, सुलभ र अपेक्षाकृत निरापद  चिकित्सा सेवा प्रदान गर्ने  परिप्रेक्ष्यमा आयुर्वेदको सरंक्षण, सुदृढिकरण र यसको सर्वाङ्गिण विकास गर्ने उद्धेश्यले नेपाल सरकारले राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ तयार गर्‍यो र सो अनुरुप प्रत्येक जिल्ला सदरमुकामा १ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र  प्रत्येक ५ गा.वि.स.को वीचमा १ आयुर्वेद औषधालय एवं प्रत्येक विकास क्षेत्रमा क्षेत्रिय आयुर्वेद चिकित्सालय स्थापना गर्ने लक्ष्य लिएको थियो । सो नीतिको उद्देश्य पूरा गर्न वि.सं २०५४ साल असार २७ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्याङ्जाको स्थापना भयो ।  हालै गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछी भने यस कार्यालय गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको छ । जिल्ला आयुर्वर्द स्वास्थ्य केन्द्र पुतली बजार नगरपालिका वडा नं.३ कुमाल गाँउ सिदार्थ राजमार्गबाट पश्चिम तर्फ १ किलोमिटरको दुरीमा अवस्थित छ ।

जिल्लाका विभिन्न भेगमा रहेका आयुर्वेद औषधालयहरुको प्रशासनिक एवं प्राविधिक कार्यको रेखदेख गर्ने र ती औषधालयको प्रेषण केन्द्र को रुपमा रहने गरी स्थापना भएका यस केन्द्रले आफ्नो स्थापनाकाल देखि स्याङ्जा  जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा पुर्‍याउदै आएको सर्वविदित्त नै छ । यस केन्द्र अन्तरगत ७ वटा आयुर्वेद औषधालयहरु र ५ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना भइसकेका छन् ।

स्याङ्जा जिल्लामा आयुर्वेद सस्थाहरु देहाय बमोजिम रहेका छन्-

१ प्रदेश आयुर्वेद  चिकित्स्वासालयपुतली बजार नगरपालिका ३ स्याङ्जा ।

आयुर्वेद औषधालयहरु

१. आरुचौर आयुर्वेद औषधालय, अर्जुनचौपारी गाँउपालिका ५ आरुचौर ।

२. अर्जुनचौपारी आयुर्वेद औषधालय, अर्जुनचौपारी गाँउपालिका १ अर्जुनचौपारी ।

३.खिलुङदेउराली आयुर्वेद औषधालय, भिरकोट नगरपालिका ७ खिलुङ्देउराली ।

४. खहरेधनुबाँसे आयुर्वेद औषधालय, वालिङ नगरपालिका, १ वालिङ ।

५. रत्नपुर आयुर्वेद औषधालय, चापाकोट नगरपालिका  ८ रत्नपुर ।

६. साँखर आयुर्वेद औषधालय, चापाकोट नगरपालिका ७ साँखर ।

७. कुवाकोट आयुर्वेद औषधालय, चापाकोट नगरपालिका १० कुवाकोट ।

नागरिक आरोग्य सेवा केन्द्रहरु

१ नागरिक आरोग्य सेवा केन्द्र , आँधीखोला गाँउपालिका  चिलाउनेबास २

२ नागरिक आरोग्य सेवा केन्द्र, बिरुवा गाँउपालिका, विरुवाबजार १

३ नागरिक आरोग्य सेवा केन्द्र, कालिगण्डकी गाँउपालिका, विर्घा ४  

४ नागरिक आरोग्य सेवा केन्द्र हरिनास गाँउपालिका ६ क्याक्मी        

   नागरिक आरोग्य सेवा केन्द्र गल्याङ गल्याङ नगरपालिका ४ गल्याङ     

 

 

             


कार्यालय प्रमुख

डा.राम प्रबोध मण्डल

सूचना अधिकारी

देवेन्द्र आचार्य


acharyadevendra30@gmail.com

समाचार तथा गतिविधि